मोडल तथा नायिकाको डिभोर्स

रंगीन दुनियाँका कलाकारहरुको एकपछि अर्को डिर्भोसको खबर बाहिरिरहँदा नायिका तथा मोडल रिमा विश्वकर्माको पनि डिभोर्स भएको छ ।
२ बर्ष अगाडि नायिका रिमा विश्वकर्माले बेलायतमा बस्दै आएका रोबर्ट विकसँग बिहे गरेकी थिइन् । काठमाडौंको हायात होटलमा आफन्त, चलचित्रकर्मी र केही पत्रकारलाई बोलाएर यि दुईले भव्य भोज समेत दिएका थिए । बिहेपछि रिमा कहिलेकाँही बेलायत पनि पुग्थिन् । रिमाले सामाजिक संजालमा रोबर्टको परिवारसँग बेलायत घुम्दै गरेको तस्विर पनि पोष्ट गरेकी थिइन् । तर, पछिल्लो केही महिनायता रिमाको फेसबुकमा रोबर्ट र उनका तस्बिर आउन छाडेका थिए । रिमा एपीवन टेलिभिजनबाट प्रशारण भएको चर्चित रियालिटी शो ‘नेपाल आइडल’मा बढी व्यस्त भइन् । त्यसो त रिमाले आफ्नो वैवाहिक जीवनको बारेमा सञ्चार माध्यममा अन्तर्वार्तामा कतै खुलेर कुरा गर्दैन थिइन् । संचारकर्मी मोडलिङ हुँदै स्वरबाट रिमाले नेपाली फिल्ममा हात हालेकी थिइन् ।
फिल्ममा भने रिमाको सफलता शुन्यनै छ । तस्विरमा रिमा पति रोबर्टले बर्षा रसाइलीसँग इन्गेजमेन्ट गरेको तस्वीर सार्वजनिक भएको केही म्यूजिक भिडियोमा समेत काम गरिसकेकी बर्षा मोरङकी हुन् भने उनी हाल काठमाडौमा बस्दै आएकी छन् ।
रोबर्ट र रिमाले बिहे गरेको छोटो समयमानै डिभोर्सको स्थितिसम्म पुगेको तर रिमा बेलायतनै पुगेर कुरा मिलाएको स्रोतले बताएको छ । यता रिमा बेलायतमा आफ्नो डिभोर्स हुन नदिन कुरा मिलाउन पुग्दा सञ्चार माध्यममा भने रिमा बेलायतमा हनिमुन मनाउँदै भन्ने शिर्षकमा समाचार छाइरहन्थ्यो ।
बुझिएअनुसार, रिमाका विगतका लभ अफेयरका कुराहरु बिहेपछि थाहा पाएपछि रोबर्ट भड्किएको बताइएको छ भने स्रोतका अनुसार रिमा र रोबर्टबीच सहमतिमै २ साता अगाडि डिभोर्स भएको हो । डिभोर्स पश्चात रोबर्टले बर्षासँग इन्गेजमेन्ट गरेका हुन् ।


नेपाल आएर उनले रिमासँग सहमतिमै डिभोर्स गरेको श्रोतले बतायो । यसपछि, बर्षा र रोबर्टको शुक्रबार इन्गेजमेन्ट भएको थियो । बिहेको मिति भने तय भएको छैन । इन्गेजमेन्ट गरेर रोबर्ट बेलायत फर्किसकेका छन् ।

You May Also Like