मैतिदेवीमा बस पल्टियो: १७ जना घाइते, तीनको अवस्था गम्भीर

काठमाडौंको मैतिदेवीमा मंगलबार बिहान बस दुर्घटना भएको छ । दुर्घटनामा १७ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।कपनबाट कालिमाटी जाँदै गरेको सिटी यातायातको बा २ ख ८७३३ नम्बरको बस मैतीदेवी पुलनजिकैको बिजीलीको पोलमा ठोक्किएर दुर्घटना भएको हो ।
घाइतेको नर्भिक अस्पताल र ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जानकारी दियो ।स्थानीयका अनुसार बिहान साढे ३ बजेतिरको समयमा दुर्घटना भएको हो । बिजुलीको पोलमा ठोक्किएपछि बस सडकमै पल्टिएको छ । रातोपाटी बाट साभार गरिएको

You May Also Like