मृग ठानेर गोली चलाउँदा महिला परेपछि…

काठमाडौँ । काठमाडौँको टोखास्थित झोरको जंगलमा मृग ठानेर चलाएको गोलीबाट एक महिला घाइते भएकी छन् ।

आज दिउँसो शिकार खेल्न गएका चासेडाँडाका युवकहरुको एक समूहले झोरको जंगलमा मृग ठानेर गोली चलाउँदा झोरकी ३५ वर्षीया दुर्गा दुलाल घाइते हुनुभएको हो ।

महानगरीय प्रहरी परिसरका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक रवीन्द्र धानुकले महिलालाई घाँस काट्न गएको बेला गोली प्रहार भएको जानकारी दिनुभयो । गोली प्रहार गर्ने युवकलाई प्रहरीले नियन्त्रणमा लिइसकिएको छ ।

घाइते दुलालको उपचारका लागि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल टोखामा लगिएको छ । घाइतेको अवस्था सामान्य रहेको बताइएको छ । रासस

You May Also Like