मिर्गौला, क्यान्सर र स्पाइनल कर्डका विरामीलाई भत्ताको प्रस्ताव

काठमाडौ । सरकारले मिर्गौला रोगको डायलासिस, क्यान्सर रोगी र स्पाइनल कर्ड इन्जुरी भएका विरामीलाई मासिक पाँच हजार रुपैयाँ भत्ता दिने तयारी गरेको छ ।

स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरी प्रस्ताव मन्त्रिपरिषद्को बैठकमा लैजाने तयारी गरेको हो । मन्त्रिपरिषद्ले प्रस्ताव पारित गरेपछि मिर्गौलाको डायलासिस, क्यान्सर र स्पाइनल कर्ड इन्जुरीका विरामीले मासिक भत्ता स्वरुप ५ हजार रुपैँयाँ प्राप्त गर्न सक्नेछन् ।

मन्त्रालयका अनुसार १७ हजार बिरामीलाई मासिक पाँच हजार रुपैँया भत्ता दिंदा आउँदो वर्षदेखि दुई अर्ब भन्दा बढी रकम खर्च हुनेछ । चालु आर्थिक वर्षको ६ महिनामा भने ७८ हजार रुपैँया खर्च लाग्ने मन्त्रालयले पत्रकार सम्मेलनमा जारी दिएको छ ।

सूर्तीजन्य पदार्थमा लाग्ने करबाट उठेको रकमबाट मासिक भत्ता वितरण गर्न सकिने स्वास्थ्यमन्त्री दीपक बोहराले जानकारी दिनुभयो । अहिले सरकारले मिर्गौला, क्यान्सर, स्पाइनल कर्ड इन्जुरी, बाथ, मुटु रोग लगायतका १२ प्रकारका रोगको उपचारका लागि एक लाख रुपैयाँ खर्च दिदै आएको छ । मिर्गौला रोगका बिरामीका लागि निःशुल्क डायलासिस सेवा उपलब्ध गराउँदै आएको छ ।

You May Also Like