महिलाहरु यस्ता पुरुषप्रति हुरुक्कै हुँदारहेछन्

यो त सबैलाई थाहा छ कि अधिकांश पुरुष महिलाको लुक्सबाट आकर्षित हुने गर्दछन् । तर के तपाईले कहिल्यै यो थाहा पाउने कोशिस गर्नु भएको छ कि महिलाहरु कस्तो पुरुषप्रति आकर्षित हुन्छन् ?

हालै गरिएको एउटा अध्ययनका अनुसार अधिकांश युवतीहरु कसिलो शरीर र फिजिक भएका पुरुषप्रति बढी आकर्षित हुने गर्दछन् भन्ने खुलासा भएको छ। यो अध्ययन क्वीन्सल्याण्डको ग्रीफित युनिभर्सिटीका शोधकर्ताहरुले गरेका हुन् । यो अध्ययनको उद्देश्य यो पत्ता लगाउनु थियो कि आखिर महिलाहरु पुरुषको के कुराबाट सबैभन्दा बढी आकर्षित हुन्छन् ? भन्ने थियो। अध्ययनबाट महिलाहरु पुरुषको फिजिकल स्ट्रन्थ र शरीरबाट बढी आकर्षित हुने गरेको नतिजा आएको हो ।

यो अध्ययन १५० जना महिलामा गरिएको हो । महिलाहरु पुरुषको फिजिकल फिटनेशका साथै अग्लो कद र शरीरबाट पनि सबैभन्दा बढी आकर्षित हुने गरेको अध्ययनको ठहर छ। यो अध्ययन दुई भागमा गरिएको थियो । जसमा महिलाहरुलाई पुरुषको तस्वीर देखाइएको थियो । तस्वीर हेरेर महिलाहरुले सबैभन्दा बढी फिजिकल रुपमा फिट पुरुषलाई मन पराए । यही केही महिलाहरु यस्ता पनि थिए, जसलाई क्युट अनुहार भएको पुरुषमा रुची थियो । एजेन्सी

You May Also Like