बुढेसकालमा लालु यादवको जेल बास निश्चित, ३ जनवरीमा सजाय सुनाइने

बिहार । भारतको केन्द्रीय जाँच ब्युरो (सीबीआइ) को विशेष अदालतले बिहारका पूर्व मुख्यमन्त्री लालु प्रसाद यादवलाई चारा घोटाला काण्डमा दोषी ठहर गरेको छ। सन् १९९१ देखि १९९४ बिच देवघर राजकोषबाट ८५ लाख रुपैयाँ भ्रष्टाचार मामिलामा लालुप्रसाद दोषी ठहरिएका हुन् ।

उनलाई अदालत परिसरबाटै प्रहरीले हिरासतमा लिएको छ। उनलाई अदालतले ३ जनवरीमा सजाय सुनाउने छ। आफ्नो छोरा तथा बिहारका पूर्वमुख्यमन्त्री तेजस्वी यादवले लालु यादवलाई शनिबार बिहान अदालत लगेका थिए । उनले आफ्ना समर्थकहरुलाई शान्ति कायम राख्न आग्रह गरेका थिए । लालुका समर्थकहरु अदालत बाहिर जम्मा भएकाथिए । आरजेडी प्रमुखले अदालतको फैसला आउनुअघि बीजेपीले आफुलाई बदनाम गर्न खोजेको बताएका थिए ।

अदालतले जम्मा १५ जनालाई दोषी ठहर गरेको छ।जसमा एक जना लालुप्रसाद यादव पनि हुन् । यसका साथै ६ जनालाई अदालतले सफाई दिएको छ। सफाई पाउनेमा पूर्वमुख्यमन्त्री जगन्नाथ मिश्र पनि छन् ।एजेन्सी

You May Also Like