बहराइनमा लोसार रौनक

निम्लेकी शेर्पा
शेर्पा किदुग बहराइनको आयोजनामा बहराइनमा १६ फेब्व्रुअरी २०१८ मा धुमधामका साथ लोसार कार्यक्रम सम्पन्न भएको छ । बहराइनको राजधानी स्थित डेल्मोन इन्टरनेशनल होटेलको अडिटरियममा आयोजित कार्यक्रममा बहराइनका लागि नेपाली राजदुत महामहिम पदम सुन्दासको प्रमुख आतिथ्यमा सम्पन्न भएको आयोजकले जनाएको छ । त्यस्तै कार्यक्रममा विशेष अतिथिहरु नेपाली क्लब बहराइनका अध्यक्ष कमल श्रेष्ठ , समाजसेवी गम बहादुर गुरुङको पनि उपस्थिति रहेको थियो । बहराइनमा रहेका विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिहरु , जातीय , क्षेत्रीय , भातृ संघसंगठनका प्रतिनिधिहरु , पत्रकारहरु ,कलाकारहरु तथा राजगारीका शिलशिलामा बहराइनमा बसोबास गदै आएका नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

स फो खि लो २१४५ औं ग्याल्पो लोसार अर्थात नयाँ वर्षको अवसरमा आयोजना भएको कार्यक्रममा कार्यक्रमका विशेष अथिती आचार्य कार्मा रिन्जिङ शेर्पाले बुद्ध धर्म सम्बन्धि श्लोकहरुसंगै आधत्मिक चिन्तनको बारेमा प्रवचन समेत दिनुभएको थियो । लोसार कार्यक्रममा नेपालबाट गएका गायक छिरिङ शेर्पाले आफनो प्रस्तुतिमा दर्शकलाई नचाए भने बहराइनमा कार्यरत नेपाली कलाकारहरुको गीतहरु , नृत्यहरु सागितिक प्रस्तुतिले कार्यक्रमको थप आकर्षण बनाएको संस्थाका अध्यक्ष तेम्बा शेर्पाले जानकारी दिनुभयो ।
२०७३ सालमा स्थापना भएको किदुगले आफनो संस्कृतिको संरक्षण प्रवद्र्धनका लागि यो कार्यक्रम गरेका संस्थाका अध्यक्ष तेम्बा शेर्पाले बताउनु भयो । उहाँले किदुगलार्ई आर्थिक , भौतिक तथा नैतिक सहयोग गर्नुहुने सबैलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।

You May Also Like