फागुन २६ को लोसार साँझ २०७४ को तयारी ७५ प्रतिशत पुरा

नेपाल शेर्पा विद्यार्थी संघले प्रत्येक वर्ष आयोजना गर्दै आएको ग्याल्पो लोसार साँस्कृतिक साँझको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । स फो खि लो २१४५ औँ ग्याल्पो लोसारको अवसरमा हुन लागेको कार्यक्रमा २६ जना शेर्पा विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण,प्रत्येक वर्ष प्रकाशन गर्दै आएको शेर्पा प्रतिविम्बको विमोचन तथा विविध साँकृतिक कार्यक्रम तथा राष्ट्रिय कलाकारहरुको वेजोड प्रस्तुती रहने संस्थाका अध्यक्ष साङगे मिङमा शेर्पाले जानकारी दिनुभयो ।

शिक्षा मन्त्रीको प्रमुख आतिथ्यमा हुन लागेको कार्यक्रम कपन स्थित रामनगर पार्टी ब्भेन्युमा हुने भएको छ । सिंगो शेर्पा विद्यार्थीहरुको हक हित र शिक्षा क्षेत्रमा शेर्पा विद्यार्थीहरुको ब्यापकताका लागि काम गर्दै आएको छ । संस्थाले लोसारको अवसरमा युवा विद्यार्थीहरुमा लोसार पर्व र यसको महत्व र भाषा धर्म संस्कार संस्कृतिको संरक्षणका लागि उजागर गर्नका लागि यो कार्यक्रम गर्दै आएको छ । यो वर्ष लोसार साँझलाई अझ पृथक र सन्देश मुलक बनाउनका लागि गृहकार्य गरिरहेकोले सबैलाई निमन्त्रण समेत दिएको छ । संस्थाका अध्यक्ष साङगे मिङमा शेर्पाले सम्पुर्ण शेर्पा समुदायका अग्रज, संघसंस्था विद्यार्थी वर्गहरुमा अनुरोध समेत गर्नुभएको छ ।

You May Also Like