प्रथम महिला शेर्पा पत्रकारको रुपमा चैत्रमा सगरमाथाको चुचुरो चुम्र्दै डोमा


शेर्पा सञ्चार समुह नेपालका निवर्तमान अध्यक्ष्ँ तथा सञ्चारकर्मी डोमा शेर्पाले आगामी चेत्रमा सगरमाथाको चुचुरो चुम्ने भएको छ । सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–२ सालाबेसी निवासी शेर्पाले पहिलो शेर्पा महिला पत्रकारको रुपमा सर्वोेच्च शिखर सगरमाथाको आरोहण गर्ने लागेको हो । इन्डिजिनियस टेलिभिजनकी कार्यक्रम उत्पादक तथा प्रस्तोता एवम् हिमाली सन्देशकी सञ्चालक शेर्पाले आगामी चैत्रमा सगरमाथा आरोहण गर्नुहुने भएको हो । महिला सशक्तिकरण, पर्वतिय आरोहण र पत्रकारीता क्षेत्रको चासो, नव आगान्तुक महिलालाई हौसलाको साथै नेपालको पर्यटन क्षेत्रलाई संचार माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउने उद्देश्यका साथ सगरमाथा आरोहण गर्न लागेको शुक्रबार काठमाडौमा पत्रकार सम्मेलन गरी जानकारी दिनुभयो । शेर्पाले गत मसिंर २५ गते सगरमाथा आरोहण अभियानका लागि आइसल्याण्ड पिक ६ हजार १ सय ९८ मिटर सफलताका साथ आरोहण गरी सक्नु भएको छ भने तयारीको लागि अन्य हिमाल समेत चढ्ने तयारीमा रहेको उहाले बताउनु भयो ।

You May Also Like