ट्रम्पले रिसाउँदै भने – ‘डिभीबाट अमेरिका आउनेहरु फोहोरको टोकरीमा फाल्न योग्य’

न्युयोर्क । राष्ट्रपतिका लागि चुनावी अभियानदेखि नै डिभी चिठ्ठा कार्यक्रम बन्द गर्ने नारा बनाएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डिभी लोट्री कार्यक्रमबारे निकै कडा टिप्पणी गरेका छन् ।

डिभी चिठ्ठाबाट अमेरिका पुगेका नेपालीसहित तेस्रो विश्वका नागरिकमाथि निशाना साँध्दै उनले उनीहरुलाई उपयोग गर्न नमिल्ने अर्थात फोहोरको संज्ञा दिएका छन् ।

‘तिनीहरु उपयोगी हुन्छन् भनेर कसरी विश्वास गर्न सकिन्छ ?, शुक्रबार एफबिआई एकेडेमीको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘ती सबै फोहोरको टोकरीमा हाल्न मात्र काम लाग्छन् ।’

-राष्ट्रपति ट्रम्पले डिभी लोट्रीबाट अमेरिका भित्रिने विदेशी नागरिक समग्र सुरक्षाका लागि समेत चुनौति भएको बताए ।

-केही समयअघि न्यूयोर्कमा भएको आतंकारी आक्रमणमा समेत डिभी बाट अमेरिका पुगेका व्यक्तिको स‌ंलग्नता पाइएपछि ट्रम्प अझ रिसाएका हुन् ।

-अमेरिकाले हरेक वर्ष ५० हजार आप्रवासीलाई चिठ्ठा कार्यक्रममार्फत भित्र्याउँदै आएको छ ।

-नेपालबाट अहिलेसम्म करिब १६ हजार डिभी मार्फत अमेरिका पुगिसकेका छन् । गत वर्ष ३४ सय नेपाली डिभी चिठ्ठाबाट अमेरिका प्रवेश गरेका थिए ।

You May Also Like