छेवाङ (दिर्घायु) अभिषेक तथा साँस्कृतिक कार्यक्रम सम्पन्न

कर्मा डुप्छेन छोलिङ (सेतो)गोन्पा आयोजक तथा पेमि ङुग्यु छोलिङ गोन्पाको सह आयोजकमा स फो खि लो २१४५ औ ग्याल्पो लोसारको अवसरमा छेवाङ (दिर्घायु अभिषेक) तथा साँस्कृतिक कार्यक्रम कर्मा डुप्छेन छोलिङ (सेतो) गोन्पाका स्थापनाकर्ता प्रमुख गुरु विश्व शान्तिदुत पुजनिय धर्मगुरु कर्मा तन्पाई ग्याल्छेन रिन्पोछे प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।     

 

 

स्वादेशी तथा विदेशी दर्शकहरुको कार्यक्रम उल्लेख्य सहभागिता थियो । पुजनिय धर्मगुरु कर्मा तन्पाई ग्याल्छेन रिन्पोछे ज्युले सबै समुदायको कलाकारहरुको प्रस्तुतिको प्रशंशा गर्नु भएको थियो । हामी नेपालीहरु जहाँ गए पनि इमान्दार भएकोले नेपालीको मनमा भगवान बुद्धले वास गर्ने बताउनुभयो । नेपालमा भगवानको बास भएकोले अव नेपालको विकास हुने र अर्का वर्ष नेपाल अहिलेको भन्दा धेरै विकास हुने उहाँले आफनो धारण ब्यतm गर्नु भएको थियो । साथै अव नेपालको विकास र उहाँले यस्तो कार्यक्रम वार्षिक रुपमा गर्ने पनि बताउनुभएको छ ।

जोरपाटीमा रहेका कर्मा डुप्छेन छोलिङ (सेतो)गोन्पाको प्राङगनमा आयोजना भएको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि तथा कर्मा डुप्छेन छोलिङ (सेतो) गोन्पाका स्थापनाकर्ता प्रमुख गुरु पुजनिय धर्मगुरु कर्मा तन्पाई ग्याल्छेन रिन्पोछे ज्युले भतmजनहरुलाई छेवाङ प्रदान गर्नुभएको थियो । कार्यक्रममा विभिन्न शेर्पा ,तामाङ ह्याल्मो समुदायका संघसंस्थाहरुको उपस्थिति रहेको थियो भने सबै हिमाली समुदायको साँस्कृतिक नृत्य श्याब्रु,सेलो,सेङगी नृत्य साथमा शेर्पा समुदायका चर्चित कलाकारहरुको पनि बेजोड प्रस्तुति रहेको थियो । कर्यक्रममा शेर्पा संघका अध्यक्ष ए.डि लामा शेर्पा ज्युले सम्पुर्ण शेर्पा समुदायको प्रतिनिधित्व गर्दै शुभकामना मन्तब्य राख्नु भएको थियो । विभिन्न सम्प्रदायका धर्मगुरुको समेत उपस्थिति रहेको कार्यक्रममा प्रदेश नम्बर तीनका प्रदेश सभा सदस्य निमा लामा तथा छिरिङ दोर्जी लामा,त्यसै गरी ल्हासाका लागि पुर्व नेपाली राजदुत विनोद लामाले पनि आफनो शुभका्मना मन्तब्य राख्नु भएको थियो । सबै अतिथिहरुले हिमाली समुदायको धार्मिक तथा संस्कृतिक धरोहर र पहिचनाको संरक्षणका लागि यस्तो खालको साँस्कृतिक कार्यक्रम महत्वपुर्ण रहेको बताउनु भएको थियो । कार्यक्रममा स्वातग मन्यब्य राख्दै कार्यक्रम संयोजक आचार्य कर्मा रिन्छेन शेर्पाले सांस्कृतिक विविधतामा एकता भएकोले सबै हिमाली समुदायको धार्मिक तथा सस्कृति संरक्षणमा टेवा पुग्ने हेतुले यो कार्यक्रम आयोजना गरेको जानकारी दिनुभएको थियो ।


साँस्कृतिक कार्यक्रममा हिमालयन शेर्पा साँस्कृतिक केन्द्र,नेपाल ल्हामो समाज,ह्यल्मो साँस्कृतिक कला केन्द्र,तामाङ बौद्ध महासंघ हिमालयन एसियन कल्चरका कलाकारहरुले आफनो साँस्कृति प्रस्तुति दिएका थिए । साथै गायक लाक्पा शेर्पा अमोद,गायक छिरिङ शेर्पा र टाशी सिंङदेलले आफनो सांङगितिक प्रस्तुतिद्धारा मनोरन्जन दिएका थिए ।

You May Also Like