क्रिसमस सन्देशः ‘पवित्र छ सेक्स, कामुकता कुनै पाप होइन’

भक्तिमार्गमा हिड्ने श्रद्धालुहरुमा सामान्य धारणा छ कि सेक्स अध्यात्मिक जीवनका लागि उचित छैन । यो केवल प्रजननको उद्देश्यले मात्र गर्नु जरुरी छ। यसविपरीत एउटा चर्चले प्रकाशन गरिरहेको पत्रिकाको क्रिसमस संस्करणमा प्रकाशित एउटा लेखमा जीवन साथीहरुबीच यौन सम्बन्ध र कामुकतालाई बढावा दिएको छ ।

‘रेथियुवम आयुर्वेदम’ (सेक्स र आयुर्वेद) शिर्षकमा प्रकाशित चार पृष्ठ लामो लेखमा डाक्टर सन्तोष थमसले लेखेका छन्–सेक्स शरीर र मस्तिष्कको उत्सव हो । बिना शारीरिक सम्बन्धको प्रेमबिना पटकाको पूरम अर्थात उत्सवजस्तै हो । यदि दुई शरीर एक हुन चाहन्छ भने उनीहरुको मनलाई पनि एक साथ जोडिनु आवश्यक छ।’ लेख आलप्पुझा बिशपका छापिएको हो ।

पत्रिकाका सम्पादक फादर जेभियर कुड्यामेश्रे भन्छन्–यो पहिलोपटक हो,जब हामीले कामशास्त्रसँग सम्बन्धित कुनै लेख प्रकाशित गरेका छौ । यो लेख स्वस्थ जीवनसँग जोडिएको छ, यो लेख लेख्ने डाक्टर पहिला पनि पत्रिकाका लागि लेखिसकेका छन् ।

डाक्टर थमसको लेखमा आदर्श महिलाको वर्णन छ र वाग्भाताको शास्त्रीय आयुर्वेद आष्टांग हृदयमको आधारमा भनिएको छ–स्तनको आकारको आधारमा महिलालाई चार प्रकारले वर्गीकरण गर्न सकिन्छ–पद्यिनी, चित्रिणी, संघिनी र हस्तिनी ।

पुरुष केन्द्रित भन्दै नारीवादीहरुले यसको विरोध पनि गर्न सक्दथे तर यो लेख जानकारीमूलक र ज्ञानवर्द्धक प्रतित हुने बताइएको छ। यसका पाठक पनि यो ज्ञानवर्द्धक रहेको बताउँछन् । सेक्स जीवनको अभिन्न हिस्सा हो र यसले जीवनलाई थप प्रेरित गर्ने भारतीय पत्रिका नवभारत टाइम्सले जनाएको छ। एजेन्सी

You May Also Like