केकिको ‘ठेकिको दहि’लाई १० लाख

चलचित्र हुर्रेको ‘ठेकीमा दहि’ बोलको गितलाई अहिले १० लाखले हेरेका छन्। उक्त गीतले दर्शकको राम्रो प्रतिक्रिया पाएको छ ।

फिल्मको सार्वजनिक ‘ठेकीमा दहि’ बोलको गीतमा राजनराज शिवाकोटी र मिलन आमात्यको स्वर छ । राजेन्द्र थापाको शब्दमा राजनराजले संगीत भरेका छन् । राजन इशानको एरेञ्ज छ । विक्रम स्वाँरले नृत्य निर्देशन गरेका छन् । यम थापाको लेखन निर्देशनमा बनेको कमेडी जनराको फिल्मलाई फागुन २५ मा प्रदर्शनमा ल्याउने तयारीमा निर्माण टिम छ । दावा शेर्पा, सोनम लामा, छिरिङ दोर्जेको निर्माणमा बनेको फिल्मलाई चन्दन दत्तले सम्पादन गरेका छन् । अनुपबिक्रम शाही, संगीता नापित लगायत फिल्ममा लिड अभिनेतामा छन् ।

You May Also Like