ओछ्यानको आनन्दमा मोटोपन बाधक

यदि तपाई ओछ्यानमा विशेष पलमा भरपूर आनन्द लिन चाहनुहुन्छ भने आजैबाट आफ्नो वजनलाई नियन्त्रणमा राख्न थाले हुन्छ । किनभने एक अध्ययनका अनुसार बढी तौलले यौन सम्बन्धमा अनेकन प्रकारका बाधा सिर्जना हुने गर्दछ ।

नयाँ शोधका अनुसार बढी तौलका कारण शरीरमा हुने रक्तसंचार सुस्त हुने बनाउँछ र सेक्स हर्मोन ‘टेस्टोस्टेरोन’ को कमी हुने गर्दछ । त्यसकारण पुरुषको आवश्यक अंगमा तनाव आउन सक्दैन ।

यसविपरीत जर्नल ‘सेक्सुअल मेडिसिन’का अनुसार यदि कुनै व्यक्तिले ५ देखि १० प्रतिशत तौल घटायो भने उसको सेक्सप्रतिको चाहना निकै बढ्ने गर्दछ । अध्ययनका अनुसार कम वजनको अर्को एउटा फाइदा पनि छ कि यसबाट सेक्सका क्रममा बढी आराम प्राप्त हुन्छ ।

त्यसैले तपाई पनि ढिला नगर्नुस् । आफ्नो तौल घटाउने उपाय खोज्नतिर लाग्नुस् । एजेन्सी

You May Also Like