एकदिन नबित्दै अनमोल केसिको ‘कृ’ले राख्यो ठूलो रेकर्ड

बर्षकै प्रतिक्षित चलचित्र ‘कृ’को ट्रेलर सार्वजनिक गरिएको छ ।शुक्रबार दिउँसो ३ बजे एक भव्य कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको थियो ।लभर र प्ले ब्वाइको रुपमा प्रस्तुत भैरहेका अनमोललाई कृ मा बिल्कुलै फरक लुक्स र एक्सन अवतारमा देख्न सकिन्छ ।

हिजो बेलुका मात्र सार्वजनिक गरिएको ट्रेलर अहिले युटुबमा ट्रेन्डिङ २ मा रहेको छ ।ट्रेलरलाई ४ लाख ७८ हजार पटक हेरिएको छ ।ट्रेलरले दर्शकको राम्रो प्रतिक्रिया पाई रहेको छ ।

कृ मा अनमोल केसि संग अदिती बुढाथोकीले रोमान्स गरेकी छिन् ।चलचित्रमा भुवन केसि र सुबास गिरिको संयुक्त लगानी रहेको छ । फिल्मको गीतमा अल्मोडा राना उप्रेतीको आवाज र विशेष पान्डे र अल्मोडाकै संगीत समाबेश छ । कृु मा अनमोल केसी, अदिती वुढाथोकी, अर्जेश रेग्मी, सरोज खनाल, रुपा राना, अनुपविक्रम शाही, कामेश्वर चौरासिया लगायतका कलाकारको अभिनय रहेको छ । कृुलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् ।

You May Also Like