उमेर ६ वर्ष कमाई एक अर्ब बढी, तर कसरी ? तपाईले पनि थाहा पाउने कि ?

एक जना ६ वर्षका बच्चाको कमाई कति हुन्छ होला ? तपाई भन्नु होला, यति सानो उमेरका बच्चाले के काम गर्छन र कमाई गर्नु ? तर, साना रेयान हरेक साता युट्युबमा खेलौनाको रिभ्यु गर्छन् र त्यसको बदलतामा उनका आमाबाबुले राम्रो आम्दान गरिरहेका छन् ।

रेयानले गत वर्ष ११ मिलियन डलर कमाई गरेका थिए । यो रकम नेपालीमा एक अर्बभन्दा बढी हुन्छ । यसको कारण पनि छ, युट्युबमा रेयानको भिडियो करोडौले हेर्छन् । ५ वर्षका यी बालक रेयान टोयज रिभ्यु नामबाट एउटा युट्युब च्यानल चलाउँछन् ।

यो युट्युब च्यानलको माध्यमबाट रेयान आफ्ना भ्युअर्सलाई खेलाना जगतमा लैजान्छन् । फोर्ब्स म्यागजिनले उनलाई सन् २०१७ मा संसारका सबैभन्दा बढी भुक्तानी पाउने स्टारको सूचीमा राखेको छ।

मार्च २०१५ मा सुरु भएको रेयानको टोयज रिभ्युको भिडियोलाई अहिलेसम्म १६ अर्बभन्दा बढीले हेरिसकेका छन् । तर, यति लोकप्रिय भएर पनि रेयानका बारेमा संसारले धेरै जानकारी भने छैन । उनको पूरा नाम के हो र उनी कहाँ बस्छन्, जस्ता प्रश्नको उत्तर कमैलाई थाहा छ । केवल यति स्पष्ट छ कि उनी अमेरिकी नागरिक हुन् ।

हालै वाशिङ्गटन पोष्टलाई दिएको अन्तर्वार्तामा रेयानकी आमाले भनेकी थिइन्–युट्युब च्यानलको सोच ्रत्यतिबेला आयो जतिबेला उनी तीन वर्षका थिए, रेयान सानो उमेरदेखि नै खेलौनाको रिभ्यु गर्ने च्यानल खुब हेर्ने गर्दथे ।

रेयानकी आमाले आफ्नो पहिचान उल्लेख नगर्ने सर्तमा भनिन्–एक दिन रेयानले मलाई भने कि अन्य बालबालिकाजस्तै म युट्युबमा किन छैन । र, तब हामीले भन्यौ कि हामी यो काम गर्न सक्छौ । हामी खेलौनाको एउटा पसलमा गयौ, एक दिन लिगो ट्रेन किन्यौ र यहीबाट भयो सुरुवात ।

रेयानको एउटा भिडियो ८० करोडभन्दा बढीले हेरेका छन् । मार्च २०१५ बाट भएको उनको युट्युब च्यानललाई वर्ष सकिनुअघि जनवरी २०१६ मा दश लाखभन्दा बढीले सब्सक्राइब गरेका थिए । यद्यपि रेयानको च्यानलको एक करोडभन्दा बढी सब्सक्राइबर छन् । एजेन्सी

You May Also Like