कैलाश मानसरोवर दर्शनका लागि पर्यटक आगमन सुरु
कैलाश मानसरोवर दर्शनका लागि पर्यटक आगमन सुरु
राजघानी खबर
प्रकाशित मिति: 08 Jun 2025
"0"
Comments

सिमकोट (हुम्ला), २५ जेठ : पवित्र धार्मिक तीर्थस्थल कैलाश मानसरोवर दर्शनका लागि भारतीय पर्यटक हुम्ला आउन थालेका छन् । कैलाश मानसरोवर जान आज १२ भारतीय पर्यटक यहाँ आइपुगेका हुन् ।
यस वर्ष पहिलोपटक विदेशी पर्यटक कैलाश मानसरोवर दर्शनका लागि आएका सिमकोट विमानस्थलमा राजस्व सङ्कलनमा खटिएका दिपेन्द्र भण्डारीले जानकारी दिनुभयो । उनीहरू काठमाडौँबाट केरुङ नाका भएर हुम्ला आइपुगेका हुन् । राजस्व सङ्कलक भण्डारीका अनुसार भारतीय पर्यटकबाट प्रतिव्यक्ति रु एक हजार एक सय सङ्कलन गर्ने गरिएको छ ।

हुम्ला पुगेका विदेशी पर्यटक एक दिन सिमकोट बास बसेर अर्को दिन सिमकोटबाट चीनसँग जोडिएको सीमानाका हिल्सा हुँदै कैलाश मानसरोवर दर्शनका लागि जाने गरेका छन् । गत वर्षको तुलनामा यस वर्ष कैलाश मानसरोवर दर्शनका लागि हुम्लाको बाटो भएर बढी विदेशी पर्यटक आउने अनुमान गरिएको छ ।
Leave a Reply Cancel reply
सम्बन्धित खवर
पछिल्लो लेख
आज अन्तरराष्ट्रिय नेल्सन मन्डेला दिवस
प्रकाशित मिति: 18 Jul 2025
नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो
प्रकाशित मिति: 18 Jul 2025
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
प्रकाशित मिति: 18 Jul 2025
भरतपुर महानगरले खर्च र आम्दानी दुवै बढायो
प्रकाशित मिति: 18 Jul 2025
राष्ट्रिय एकता अभियान र एकीकृत समाजवादीबीच एकता हुँदै
प्रकाशित मिति: 18 Jul 2025
काठमाडौँ महानगरको छात्रवृत्तिका लागि १६ हजार बढी सहभागी हुने
प्रकाशित मिति: 18 Jul 2025
कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति
प्रकाशित मिति: 18 Jul 2025
राहुघाट जलविद्युत् आयोजनाको म्याद तेस्रोपटक थपियो
प्रकाशित मिति: 18 Jul 2025
दिक्तेलमा कोशी प्रदेशको पूर्वाधार विकास कार्यालय
प्रकाशित मिति: 18 Jul 2025
वीरगञ्जमा निःशुल्क धारा जडान र धरौटी शुल्कमा छुट
प्रकाशित मिति: 18 Jul 2025