सुनको मूल्य निरन्तर उकालो लाग्दा ,चाँदीको स्थिर

सुनको मूल्य निरन्तर उकालो लाग्दा ,चाँदीको स्थिर

"0" Comments
काठमाडौँ, २२ जेठः अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बुधबारको तुलनामा आज सुन तोलामा रु पाँच सयले बढेको छभने चाँदीको मूल्य स्थिर छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९३ हजार ७०० कायम भएको छभने सोही परिमाणको चाँदीको मूल्य रु दुई हजार ७५ निर्धारण भएको छ ।
अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य तीन हजार ३८९ डलर कायम भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमरूले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *