एनके ब्रदर्शको बुद्ध वाज बर्न इन नेपालमा १५ जनाको स्वर

गायक तथा संगीतकार एनके ब्रदर्श (नरेश गौतम , खडा गौतम) ले बुद्ध वाज बर्न इन नेपाल बोलको गीत सार्बजनिक गरेका छन ।

नरेश गौतमको शब्द र एनके ब्रदर्शको संगीत रहेको गीतमा १५ जनाको स्वर समेटिएको छ । गीतमा प्रताप सुब्बा,अम्बर सुब्बा, अर्जुन रसाइली,किशोर सिवाकोटी,मनोज ढकाल, कृष्ण ढकाल,सुचिता गुरुङ,टिका लामिछाने,रमेश कँडेल,किरण गजमेर,बिकाश शंकर,लगायतको स्वर सुन्न सकिन्छ ।


योगीतको भिडियोलाई ब्रदर्श प्रोडक्सन ले तयार पारेको हो ।
अमेरिकाको सिन्सिनाटीमा रेकर्डिङ स्टुडियो सञ्चालन गरेर बसेका यी दाजुभाईले यस अघि पनि नेपाली गीत संगीतमा लगानी गरेका छन । यी दाजु भाईको स्वर र संगीतमा यस अघि पनि गीति संग्रह सार्बजनिक भैसकेको छ ।

यसमा तपाइको मत

300x250 ad code [Inner pages]