वाम गठबन्धनको शक्ति देखेर कांग्रेसले पराजय स्वीकार गरिसक्योः नेपाल

१५ मंसिर, सिमरा । पूर्व प्रधानमन्त्री एवं एमाले नेता माधवकुमार नेपालले वाम गठबन्धनको शक्ति देखेर कांग्रेसले पराजय स्वीकार गरिसकेको बताएका छन् ।

शुक्रबार बाराको सिमरामा आयोजित वाम गठबन्धनको चुनावी भेलालाई सम्बोधन गर्दै नेता नेपालले वाम गठबन्धनले आफूहरुको पक्षमा लहर श्रृजना गरेको भन्दै परिणाम उत्साहजनक आउने दावी गरे ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार वीरगञ्जमा दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै कांग्रेस चुनाव अघि नै आत्तिसकेको बताए ।

प्रदेश र प्रतिनिधिसभा सदस्यको पहिलो चरणको निर्वाचनमा पनि वाम गठबन्धनले ३७ क्षेत्रमध्ये ३० सिट जित्ने दाबी गर्दै उनले कांग्रेस र अन्यलाई बाँकी रहलपहल भागमा पर्ने भन्दै व्यङ्ग्य गरे ।

यसमा तपाइको मत

300x250 ad code [Inner pages]