२०७४ काे मिस्टर माेडर्न र मिस माेडर्न किशन थापा र दृष्टि थापाकाे हातमा

माेडर्न स्कुल र कलेज दधिकाेट भक्तपुरले अायाेजना गरेकाे मिस्टर र मिस माेडर्न २०७४ यही कार्तिक १७ गते शुक्रबार हास्य कलाकार जितु नेपालको प्रमुख अातिथ्य र माेडर्न स्कुल र कलेजका संस्थापक बाबुबाजि कसपालकाे सभापतित्वमा ठिमीकाे यचु पार्टी प्यालेसमा भव्य रूपमा सम्पन्न भयाे ।


यस कार्यक्रममा पचपन्न प्रतिस्पर्धीलाई उछिन्दै टप चाैध प्रतिस्पर्धीकाे फाइनल राउन्डमा सबैलाई पछिपार्दै कक्षा ११ का किशन थापा मिस्टर माेडर्न-२०७४, दृष्टि थापा मिस माेडर्न-२०७४, सन्देश राई मिस्टर माेडर्न ट्यालेन्ट-२०७४ र माेतीमाया तामाङ मिस माेडर्न ट्यालेन्ट-२०७४ बन्न सफल भएका छन । यस कार्यक्रममा शुरशाला म्युजिक एकेडेमी र शुरशाला फाउन्डेसनका अध्यक्ष एवम गायक तथा संगीतकार अमृत क्षेत्री, शुरशाला म्युजिक एकेडेमीका प्रमुख संगीता राजभण्डारी क्षेत्री, चैतन्य इस्टिट्युटका सि.इ.अाे. गणेश प्रसाद जाेशी, मिस माेडर्न २०६७ सपना भुजु, मिस्टर माेडर्न २०६७ राेशन श्रेष्ठ, मिस माेडर्न २०७० मनिषा प्रधान र रचनाकार, गायक तथा संगीतकार कपिल कसपाल अतिथिका रूपमा हुनुहुन्थ्यो । कार्यक्रमकाे निर्णायक मण्डलकाे भुमिका गायक तथा संगीतकार क्षितज कुलुङ, नृत्य शिक्षक तथा नृत्य निर्देशक समीर श्रेष्ठ र नृत्य निर्देशक तथा माेडल सन्तोष भुजेलले गर्नुभएकाे माेडर्न स्कुल तथा कलेजका प्रचार्य अनिल कसपालले जानकारी गराउनु भयाे ।

यसमा तपाइको मत

300x250 ad code [Inner pages]