कलाकार प्रदिप सिंहको निधन

चलचित्र कलाकार संघका पूर्व कार्यसमिती सदस्य तथा कलाकार प्रदिप सिंहको ५९ बर्षको उमेरमा निधन भएको छ । उनको, भारतको कलकत्तास्थित ‘कलकत्ता मेडिकल एन्ड रिसर्च सेन्टर’मा उपचारका क्रममा निधन भएको हो ।

चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीले दिएको जानकारी अनुसार उपचारका क्रममा सिंहको शुक्रबार बेलुकी ५ बजे निधन भएको हो । उनले अभिनय गरेको पहिलो चलचित्र ‘२५ बसन्त’ थियो । उनले अभिनय गरेको पछिल्लो चलचित्र ‘पद्यमावती’ हो । उनको पार्थिव शरीरलाई सोमबार मात्र काठमाण्डौ ल्याइनेछ । उनले निर्देशक तुलसी घिमिरेसँग मिलेर चलचित्र समेत निर्माण गरेका थिए ।

उनी, किड्नीको बिरामी थिए । किड्नीकै उपचारका क्रममा उनको निधन भएको कलाकार संघका अध्यक्ष बोगटीले जानकारी दिएका छन् ।

यसमा तपाइको मत

300x250 ad code [Inner pages]