हाल सम्मकै उत्कृष्ट आउटडोर इभेन्ट टिप द लाईट सिजन ५ हुने….

सहरीकरणको वृद्धि संगै राजधानी बासीहरुको व्यस्तता पनि बढदै गएको अवस्थामा राजधानीमा मनोरन्जन प्रदाएक कम्पनीहरुले राजधानीबासीहरुलाई मनोरन्जन दिन दिनप्रतिदिन नया नया इन्टरटेन्मेन्ट इभेन्ट गर्ने गरेका छन । तर इभेन्ट कम्पनीहरुले गर्ने इभेन्टहरु उस्तै उस्तै टेस्टले इन्टरटेनमेन्ट पारखीहरु मनोटोनस पनि हुने गरेका छन । तर यहि भिडमा विगत केहि वर्ष देखि राजधानीबासीलाई मनोरन्जनमा छुटै टेस्ट पस्कन सफल भएको छ , ग्लयामरस आइकन । ग्लयामरस आइकन नेपाली फयासन र ग्यल्यामरको दुनियामा एउटा चर्चित नाम हो जसले विगत ३ वर्ष देखि फयासन र ग्यालमरको दुनियामा एउटा ब्राण्ड बनाउन सफल भइसकेको छ । विषेश गरि युथ टारगेट इभेन्ट गर्ने ग्यलामरस आइकनको इभेन्टमा सबै एज ग्रुप उतिकै रमाउने गरेको पाईन्छ । ४ वटा सिजनको ग्राण्ड सकसेस पछि ग्लामरश आइकनले टिप द लाईट सिजन ५ पनि आयोजना गर्ने भएको छ ।

सिजन ५ मा मेन अटाकसनको रुपमा डिजे डान्स पार्टी, फेसन,रयाम वक,सेलिब्रेटि वक तथा विभिन्न म्युजिकल परफोमेन्स रहने आयोजकको दाबी छ । टिप द लाईटको ४ सिजन इन डोर गरेको कम्पनीले सिजन ५ लाई आउटडोरको रुपमा अझै ग्राण्ड रुपमा प्रेजेन्ट गर्ने धेरैको अनुमान छ । इभेन्टको आयोजना ग्लयामरस आइकनले गर्ने भए पनि यसको म्यानेजमेन्टको जिम्मा भने मर्नी ग्लोरि इन्टरटेनमेन्टले पाएको छ । जेष्ठ महिनाको ६ गते निर्धारण गरिएको यो इभेन्टले पहिलेको इभेन्ट जतिको सफलता पाउला या त्यो भन्दा बढि त्यसको लागी भने हामीले जेष्ठ महिनाको ६ गते लाई कुर्नै पर्ने हुन्छ । यो इभेन्टको बारेमा थप जानकारी प्राप्त गर्न ग्लामरश आइकनको पेज अथवा एसको युटुब पेजमा लाइक तथा सस्क्राइब गर्न पनि सक्नुहुनेछ ।

यसमा तपाइको मत

300x250 ad code [Inner pages]